खानिखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयले त्रिभुवन राजपथ अबरुद्ध गरे

धादिङ्, ३ मंसिर । त्रिभूवन राजपथ अन्तर्गत धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६ खानिखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिदा धुनिबेशी नगरपालिका वडा नं ७ बस्ने बर्ष ८ को रितेश तामाङ्गको घटना स्थलमै मृत्यु भएको हो ।
बालकको मृत्युपछि स्थानीयले ट्रकको लापरबाहीले दुर्घटना भएको भन्दै राजमार्ग अबरुद्ध गरेका छन् । बालक दोकानबाट चाउचाउ किनेर फर्किने क्रममा ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय खानिखोलाको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
बालकलाई धुनिवेशीमा नगरपालिका वडा नं, ८ खानिखोला स्थित ट्रकले ठक्कर दिँदा घटना स्थलमै बालकको ज्यान गएको हो ।
प्रहरी निरीक्षक  सुर्दशन जोशीका अनुसार चालक पक्राउ परेका ट्रक चालक भने मकवानपुर जिल्ला हेटौँडा उमनपा १२ वस्ने वर्ष ३८ को उमेश मैनालि रहेका छन् । स्थानीयहरूले यतिखेर धुनिवेशी खानिखोला स्थित त्रिभुवन राजपथबाट काठमाडौं आउने र बाहिरिने सबै सवारीलाई रोक लगाएका छन् ।
प्रकाशित : २०७७, ३ मंसिर बुधबार २२:४८