भारतीय विदेश सचिव हर्षवर्द्धन काठमाडौँ अवतरण

काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका क्रममा काठमाडाैँमा अवतरण गर्नुभएकाे छ । दुई दिने नेपाल भ्रमणका लागि उहाँकाे टाेली बिहीबार बिहान पाैने ११ बजेतिर विशेष चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेेेका हुुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरे  । सचिव पौडेलकै औपचारिक निमन्त्रणामा श्रृंगला विशेष विमानमार्फत नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनले उच्चस्तरीय भेटवार्ता थाल्ने बताइएकाे छ ।
विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा निकै खुशी लागेकाे बताए । उनले नेपाली भाषामै बाेल्दै भने, ‘म पहिला पनि काठमाडौं आएको छु । तर, फरेन सेक्रेटरीको रुपमा पहिलोपटक आज आएको हुँ ।’ भारत र नेपाल निकटतम मित्र रहेकाे बताउँदै उनले दुवै देशबीचकाे सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे छलफलबा व्यस्त हुने बताए  ।
विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुई पक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।