राजपुर बमकाण्डका थप एक फरार अभियुक्त पक्राउ

रौतहट  । राजपुर बमकाण्डका थप एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काग्रेंसका नेता आफताब आलमको भाई महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

२०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दाका तत्कालीन सासंद तथा पूर्व मन्त्री आलम आफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागार पठाए पछि मुद्दाका बाकी अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा भारत बिहारको मोतिहारीबाट प्रदेश प्रहरीको टोलिले महताबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ