खैराे हिराेईन सहित एक जना थानकाेट प्रहरीकाे नियन्त्रणमा

  • 16
    Shares

काठमाडौं / १७ वैशाख

महानगरीय प्रहरी प्रभाग नागढुगांले खैराे हिराेईन सहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले काठमाडौं चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगा स्थित चेक जाँचकाे क्रममा खैराे हिराेईन सहित एक जनालाई नियन्त्रणमा लिएकाे हाे ।
महानगरीय प्रहरी बृत्त थानकाेटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले सुर्खेत बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ५९७२ नम्बरको को यात्रु बाहक बसवाट

जिल्ला कैलाली टिकापुर न.पा वडा नं. १ घर हुने वर्ष २५ को भरत भण्डारी लाई चेक जाँच गर्ने क्रममा भण्डारीले साथवाट लागु औषध खैरो हेरोईन सहित नियन्त्रण लिएकाे वताए ।

थानकाेट प्रहरी प्रमुख थापाले भने, “भण्डारी बसेको सिट मुनि कालो प्लाष्टीकमा पोका पारी बेरी लुकाई छिपाई लिई आएको लागु औषध खैरो हेरोईन १३.८८ ग्राम फेला परेको हाे” ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान भईरहेकाे जनाएकाे छ ।

प्रकाशित : २०७६, १७ बैशाख मंगलवार १२:४९