संसद् विघटनसँगै राष्ट्रपति र प्रधानमन्त्री निवासमा उच्च सुरक्षा सतर्कता

काठमाडौ । संसद् विघटनसँगै उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपतिको शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्च सुरक्षा सकर्तकता अपनाइएको छ ।

हिजो(आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै निर्वाचन मितिसमेत घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा हिजोबाटै राजधानी लगाएतका अन्य शहरहरुमा पनि प्रर्दशन सुरु भएको छ । प्रदर्शनकारीबाट खतरा हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको एक उच्च सुरक्षा अधिकारीले बताए ।