औपचारीक रुपमा बाहिरिए पर्यटनमन्त्री योगेशकुमार भट्टराई

काठमाडौं। निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई मन्त्रालयले औपचारिक रुपमा विदाइ गरेको छ ।आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले मन्त्री भट्टराईको विदाइ गरेको हो ।

आइतबार संसद विघटन भए पछि यसको विरोध गर्दै सात मन्त्रीले सामूहिकरुपमा राजीनामा दिएका छन् । सोही क्रममा मन्त्री भट्टराईले पनि आफ्नो राजीनामा घोषणा गरेका थिए ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आफ्नो १७ महिने कार्यकालमा जति काम भएका छन् त्यो कोरोनाको कठिन अवस्थामा पनि सन्तोषजनक भएको बताएका छन । २०७७ साउन १५ गते मन्त्री भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका थिए ।