बारामा प्रहरीद्वारा करिव १ बिगाहामा लगाइएको गाजा खेती नष्ट

बारा ।बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा व्यवसायिक रुपमा लगाइएको गाजा खेती नष्ट गरेको हो ।

निजगढ नगरपालिका वडा नम्बर १२ रतनपुर स्थित नाङगेडाँडामा मकै बारीमा व्यावसायिक रुपमा लगाइएको करिब १ बिगाहा क्षेत्रमा रहेको लागुपदार्थ गाजा प्रहरी नष्ट गरेको हो ।

प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए । मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक बिकास थपलियाको कमाण्डमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको निरीक्षक थपलियाले बताए ।

प्रहरीले पछिलो समय लागुऔषध नियन्त्रणमा विशेष अप्रेशन सञ्चालन गर्दै आइरहेको छ । गाजा खेती गर्ने र घर अगाडि पाईयमा कारभाही गरिने चेतावनी समेत दिएको निरीक्षक थपलियाले बताए ।

बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दछ । गाजा नष्टगर्न ईलाका प्रहरी कार्यालय निजगढबाट १३ जना र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट ४ जना प्रहरीटोलि खटिएको थियो ।

स्थानीयले गाजा खोति आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ ।

आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको गाजा निर्यात हुने गरेको प्रहरीको अनुमान रहेको छ ।