चन्द्रागिरि ७ घुमाउनेमा एक पुरूषकाे हत्या

राेसन दानी / चन्द्रागिरि ७ घुमाउनेमा एकजनाकाे पुरूषकाे हत्या भएकाे छ ।

महानगरीय प्रहरी बृत्त थानकोटलाई स्थानीयले एकजनाकाे मृत्यु भयाे भने सुचनाकाे आधारमा प्रहरी टाेली पुगेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले भने,एक जना पुरूषकाे मृत्यु भएकाे छ भने सुचना हामीलाई बेलुका ११ बजे प्राप्त गर्याे तत्काल अावश्यक अनुसन्धान पूरा गरि सवै नाका सिल गरि एक जनालाई नियन्त्रणमा लिएका छाै ।

डिएसपी श्रेष्ठका अनुसार मृत्यु हुनेमा चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालि बस्ने बर्ष ५२ का हाेम बहादुर सुदार रहेका छन् ।

लेनदेनकाे विवाद हुदा सुदारलाई टाउकाे र शरिरिरका अन्य भागमा लाैराेले हिर्काउदा मृत्यु भएकाे अाराेपितले स्विकार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएको छ ।

प्रहरीले घटना ९/१० वजे भएकाे र ११ वजे खवर प्राप्त गर्न साथ अनुसन्धान सुरू गरेकाे २ घण्टामै अपराधी पता लगाएकाे थियाे ।

सुदारलाई चन्द्रनागिरि २ मसिने बताउने वर्ष २२ काे रामकृष्ण तामाङलाई २ घण्टामै पक्राउ गर्न सफल भएकाे थियाे ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानकाे क्रममा सुदारलाई तामाङले ७ लाख रकम दिएकाे र माग्दा पटक पटक माग्दा समेत नदिए पछि सुदारलाई अाक्राेसमा लाैराेले हिर्काउदा मृत्यु भएकाे तामाङले स्विकारेकाे प्रहरी दावी छ ।

महानगरीय प्रहरी बृत्त थानकोटले घटनाको विषयमा थप अनुसन्धान जारी रहेकाे जनाएको छ ।