आगलागीबाट धनमाल जलेर नष्ट

  • 4
    Shares

सुर्खेत, १७ वैशाख
सुर्खेतको पंचपुरी नगरपालिका ७ खौदा बस्ने पदमबहादुर रामजालीको कच्ची घरमा मंगलबार दिउसो आगलागी हुँदा घर र घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकका अनुसार घरमा आगलागी हुदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाएको छ ।
स्थानीयबासिको र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित : २०७६, १७ बैशाख मंगलवार २०:३८