मोटरसाइकल आउटराईडर्स १८औं समूह र सवारी चालक उन्नत १०औं समूहको तालिम समापन

  • 4
    Shares

काठमाडौं, १७ वैशाख
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा संचालित मोटरसाइकल आउटराईडर्स १८औं समूह तथा सवारी चालक उन्नत (यान्त्रीक ज्ञान) १०औं समूहको तालिम मंगलबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । साथै उनले तालिमको महत्व एवं गम्भिरतालाई बुझेर समयसापेक्ष योग्य र दक्ष चालक भई प्रहरी संगठनको लक्ष्यलाई सफल तुल्याउन श्रृजनात्मक रुपमा कार्यक्षेत्रमा काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिएका हुन ।

कार्यक्रममा मोटरसाइकल आउटराईडर्स तालिमका तालिम संयोजक प्रहरी नायव उपरीक्षक कमलेन्द्रलाल कर्ण तथा सवारी चालक उन्नत तालिमका तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चैत ४ गतेबाट संचालित ३५ कार्य्दिन रहेको आउटराईडर्स तालिममा प्रहरी सहायक निरीक्षक ४ जना र प्रहरी जवान २४ जना गरी २८ जना तथा सोही मितिबाट संचालित सवारी चालक उन्नत तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी हवल्दार १० जना र प्रहरी जवान ४१ जना गरी जम्मा ५२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६, १७ बैशाख मंगलवार २०:४३