अाज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

  • 8
    Shares

काठमाडौं १८ वैशाख –  अाज  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस्व । नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदैछ । श्रमिक दिवसको अवसरमा अाज सरकारले  सार्वजनिक बिदा दिएकाे हाे ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न मजदुर संघ संगठनहरुले अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना गरेर दिवस मनाईदै अाएकाे छ । सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ ।

सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो । नेपालमा भने श्रमिक दिवस विक्रम सम्वत २०६३ सालदेखि मनाउन थालिएको हो । ६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक विदा दिन थालेको छ ।

प्रकाशित : २०७६, १८ बैशाख बुधबार ०२:१४