सवारी दुर्घटनामा परि चन्द्रागिरीका दुईको घटनास्थलमा मृत्यु

  • 743
    Shares

१८ वैशाख, काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परि चन्द्रागिरीका ५ का दुई जनाको मृत्यु भएको छ ।

माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरीका ५ का दुई युवाहरुको मृत्यु भएको हो ।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रोबससंग ठोक्किन पुग्यो ।

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षका राज महर्जन र ३० वर्षका कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

हाल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित : २०७६, १८ बैशाख बुधबार १८:४१