अब्बल एसएसपी विश्वराज पोख्रेल डिआईजीमा बढुवा

  • 52
    Shares

काठमाडौं २० वैशाख  । नेपाल प्रहरीका एसएसपी विश्वराज पोख्रेल डिआईजीमा बढुवाका लागि सिफारिस भएकाछन् ।

आज बसेको मन्त्रीपरिसद्को बैठकले उनलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रहरीका अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिन्छन् एसएसपी विश्वराज पोखरेल ।

कार्य क्षमता र संगठनप्रति जिम्मेवार प्रहरी अधिकारीका रुपमा परिचित पोखरेलको इमान्दारितालाई मुल्यांकन गर्दै आज बसेको मन्त्रीपरिसर बैठकले उनलाई डिआईजीमा सिफारिस गरेको हो ।

कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत हुन् । दिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न सदैव सफल भएका कार्यालय प्रमुख रहेका स्थानमा कुनै न कुनै नयाँ कार्यक्रम तथा अपराधीविरुद्ध सशक्त अप्रेसन सञ्चालन गरी त्यहाको जनताको मनमा बस्न सफल एसएसपी पोखरेल गुण्डागर्दीले आतंकित विराटनगरमा प्रहरी प्रमुख भएर गए पछि गुण्डागर्दी शून्यमा झारेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भएर गए पछि एसएसपी पोखरेलले राजधानी काठमाडौंको शान्ती सुरक्षामा आमुल परिवर्तन गरे।

नक्कली नोट कारोबार गुण्डागर्दी नियन्त्रण, तस्कर,हुण्डी कारोबारी,दलाल नियन्त्रणलगायतका काम गरेर चर्चा कमाएका थिए।

उनको कमान्डमा काठमाडौं प्रहरीले नागढुङ्गा बाट ९ किलो सुन बरामद गर्यो।एसएसपी पोखरेलले फुटबल देखी क्रिकेट सम्मका खेलमा अनलाईन बेटिङ गरी ठगी गर्ने अन्तराष्ट्रिय संजाल रहेको गिरोहलाई पक्राउ साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ गर्न सफल भएका थिए।

६ महिना अवधिमा पाँच घण्टा आराम, उन्नाइस घण्टा जाग्राम बसेर काठमाडौंवासीका मनभित्र बस्न सफल भएका पोखरेल राष्ट्रिय रुपमै चर्चित प्रहरी अफिसर बनेका छन्।

पोखरेल हाल नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन्।

प्रकाशित : २०७६, १९ बैशाख बिहीबार २१:५५