फिल्म ‘भूइफूल’ निर्माण हुने

  • 33
    Shares

काठमाडौं– फिल्म ‘भूइफूल’ निर्माण हुने भएको छ । भुमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतबार एक समारोहको बिच शुभमूर्हूत गरिएको हो

चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिस्मा मान्नधरले एक्सन कट भनेको मुर्हूत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप पड्काएका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए । कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले फिल्म भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।

नेत्र सन्त्यालको लेखन निर्देशन रहने फिल्मा गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतको मुख्य अभिनय रहनेछ ।

द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषय फिल्मले कथामा उठाउन खोजेको छ । सरिता राइ प्रस्तुतकर्ता र उर्मिला वान्तवा राई निर्माता रहेको फिल्मको छायाँकन वैशाख २५ बाट छायाँकन सुरु हुनेछ ।

धरान, झापा र काठमाडौमा छायाँकन हुने फिल्ममा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृतमान महर्जन रहेका छन् ।

थुप्रै फिल्ममा सहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । दर्शक तथा समिक्षकको रुचि ध्यानमा राखेर आफुले फिल्म बनाउन लागेको निर्देशक सन्त्यालले बताए ।

कार्यक्रममा अभिनेत्री करिस्मा मान्धरले फिल्मले उठाउन खोजेको बिषयबस्तु मन परेको बताइन् ।

प्रकाशित : २०७६, २२ बैशाख आईतवार २३:५८