मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोरङ, २४ वैशाख मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीे मृत्यु भएको छ ।उर्लाबारी नगरपालिका ५ मधुमल्लास्थित सडकमा मे.९ प ९४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पैदलयात्री धनकुटा डाँडागाउँ बस्ने ७८ वर्षीय लाल बहादुर खड्काको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको र दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।