अवैध रुपमा मरिचको कारोबार गर्ने २ जना पक्राउ 

पर्सा, २४ वैशाख प्रहरी चौकी आदर्श नगरले अवैध रुपमा मरिचको कारोवार गर्ने २ जनालाई प्रकाउ गरेको छ ।
बीरगंज महानगरपालिका २५ सिर्सिया पुलबाट अवैध रुपमा मरिचको कारोवार गर्ने २ जनालाई ८ बोरा मरिच सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी आदर्श नगरका प्रहरी सहायक निरीक्षक रामा शकंर प्रसाद यादवले पक्राउ पर्नेहरुमा भारत रक्सौल बस्ने २८ बर्षीय दिपेन्द्र मण्डल र बीरगंज महानगरपालिका २२ बस्ने ३६ वर्षीय बिनोद प्रसाद पटेल रहेका  बताए ।
प्रहरी सहायक निरीक्षक यादवका अनुसार जिल्लाका बिभिन्न सीमा नाकाहरुबाट पटकरपटक गरी ठूलो परिमाणमा भारततर्फ मरिच निकासी भैरहेको छ भन्ने सूचनाको आधारमा भन्सार चोरी निकासी नियन्त्रणको लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सीमा नाकाहरुमा जाँच गर्दा बिआर २२ आर ४६४५, बिआर ०५ एफ ९१७३ र ना.५० प ६७२३ नम्बरको मोटरसाइकलमा उक्त मरिच भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको जानकारी दिए ।