आगलागीबाट विभिन्न धनमाल नष्ट

  • 2
    Shares

डोटी , २४ वैशाख
डोटी र बाँकेमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १५ लाख ६२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
डोटी बडीकेदार गाउँपालिका ४ मन्नाकापडीस्थित वडा कार्यालयमा अपरिचित ब्यक्तिले कार्यालयको ढोका फुटाई भित्र प्रवेश गरी आगजनी गर्दा भवन र भवनभित्र रहेको कागजपत्र, ल्यापटप र अन्य सामान जलेर करिब ४ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

बाँके, तिरहुत गाउँपालिका(१ त्रिकोलस्थित २ वटा कच्ची घरमा मंगलबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन, चाँदीका गहना लगायत जलेर करिब १० लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७६, २४ बैशाख मंगलवार १९:२८