नेपाल प्रहरीका २ एआईजीको सरुवा, प्रहरी एकेडेमीमा कार्की र काठमाण्डौं प्रहरी प्रमुखमा सुवेदी ।

  • 15
    Shares

काठमाडौं । नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीद्वय कार्की र बस्न्यातको सरुवा गरेको हो ।

पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै सोमबार नेपाल प्रहरीका ८ जना एसएसपीहरुको सरुवा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी उत्तमराज सुवेदीको सरुवा पठाएको हो ।

सुवेदी नेपाल प्रहरीमा कृयाशिल र कर्तव्य निस्ठा ईमान्दार प्रहरी अधिकृतको रुपमा नाम कमाउन सफल भईसेका व्यक्ति हुन । प्रहरी प्रर्बक्त रहदा उनको काम आम सञ्चार माध्यममा निकै तारिफ भएको थियो ।

प्रकाशित : २०७६, २४ बैशाख मंगलवार १९:५९