जादा जादै १२ प्रहरी अधिकृतहरुलाई सम्मान गरी विदा भए काठमाण्डौं प्रहरी प्रमुख लामा

  • 27
    Shares

४ वैशाख, काठमाडौं /महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृतलाई सम्मान गरेको छ ।

एक एसपी सहित ७ डिएसपी र ४ प्रहरी निरिक्षकलाई प्रहरी बरिष्ठ उपरीक्षक बसँत कुमार लामाले जादा जादै उत्कृष्ठ कार्य गरेवापत पुरस्किृत गरेका हुन । प्रहरी नियमावली २०७१(संशोधन सहित ) को परिच्छेद १५ को नियम १९७ वमोजिम सम्मान गरेको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

शान्ती सुरक्षालाई प्रभावकारी ढंगवाट अगाडी वढाई अपराध नियन्त्रण तथा रोकथामको लागि महत्वपुर्ण भुमिका निभाए बापत उनीहरुलाई पुरस्किृत गरिएको वताएको छ ।

पुरस्कृत हुनेमा एसपी अशोक सिंह, महानगरी प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापा, महानगरी प्रहरी परिसरका डिएसपी मोहन कुमार थापा , डिएसपी सुदिप राज पाठक, सुनिल मल्ल, अनिल कुमार खड्का, रविन्द्र नाथ पौडेल, विष्णु प्रसाद सोती रहेका छन् ।

त्यसै गरि लागुऔषध रोक थाम तथा अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका निभाए वापत महानगरी प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानवहादुर खड्का, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का, प्रहरी निरिक्षक द्धोय राजाराम खड्का,राजकुमार राई रहेका छन् ।

प्रकाशित : २०७६, २५ बैशाख बुधबार १७:३३