कमजाेर नेतृत्वको कारण फेरि महाराजगन्ज बृत्तवाट थुनुवा फरार

काठमाडौं । महानगरीय प्रहरी बृत महाराजगन्जबाट एक थुनुवा फरार भएका छन् । जबरजस्ती करणी आरोपमा पक्राउ परेका श्रेष्ठ थरका १६बर्षे युवक मेडिकल चेक जाँच गर्न लैजाँदा वीर अस्पतालबाट फरार भएका हुन।

अनुसन्धानमा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ। दुरब्यवाहरमा पका्रउ परेका दुई मध्ये एक ब्यक्ती फरार छन् । हामीले खोजी रहेका छौं प्रहरी परिसरका प्रबक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।

पछिल्लो समय बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्डका कारण महाराजगन्ज प्रहरी नेतृतव धेरै विवादमा परेको छ ।

यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा एक इन्सपेक्टर निलम्बनमा परेका थिए । सो क्षेत्रमा लूटपाट, चोरी लगायतका अनय घटना दैनिक जसो बढिरहेका छन्। उनको कमजोर कमाण्डलाई कस्को संरक्षण ? गरिरहेको छ प्रहरी संगठन भित्र चर्चा चुलिएको छ ।

अनुसन्धानमा ल्याइएको ती १६बर्षे युवक फरार भएपछि डिएसपी प्रसाइँको सेटिङमा भगाइएको हुनसक्ने आशंका बढेको छ ।