सुकेधारा र अनामनगरमा ग्यास सिलिन्डर विस्फोट मृत्यु हुनेको सख्या ३ पुग्यो

१२ जेठ, काठमाडौं ।सुकेधारा र अनामनगरमा ग्यास सिलिन्डर विस्फोट भएको छ । ग्यास सिलिन्डर विस्फोट हुदा अनामनगरमा १ जना र सुकेधारामा ३ जनाको मृत्यु भएको हो । विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । मृत्यु भएका एक जनाको नाम खुलेको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम सुवेदीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएकोे बताए ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।