ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निवार्चित

 काठमाडौँ, २७ जेठ ।  रोसन दानी  ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निवार्चित भएका छन्।

परिषद्को आज विहान सम्पन्न मतगणना अनुसार अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गदैै राणा निवार्चित भएका हुन् ।

अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समिर गुरुङले ३६ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डंगोल, भविश्वर शर्मा र गिता गुरुङ निवार्चित भएका छन् । महासचिव पनि राणा समूहकै धुब्र अधिकारी निवार्चित भएका हुन । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निवार्चित भएका छन् ।

यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वा्चित हुनुभएको परिषद्का पूर्व अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

नव निवार्चित अध्यक्ष राणाले कुरा गर्दै ठमेललाई अन्तर्रा्ष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफु लागि पर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ,”–उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफु लाग्ने उल्लेख गरे ।