
काठमाडौँ – निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए ।
रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजना स्थलमा रहेको सुरुङमा बिहीबार साँझ एकाएक आएको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए।