अपराध न्युनिकरणमा सिसि टिभीको महत्वपुर्ण भुमिका : काठमाडौ प्रहरी प्रमुख सुवेदी ।

 १७ असार,काठमाडौँ  ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले राजधानीमा हुने अपराधिक घटना न्युनिकरणका लागि सिसि टिभीको महत्वपुर्ण भुमिका रहने वताएका छन् ।

पर्यटन विभाग र पर्यटक प्रहरी इकाई भृकुटीमण्डपले आज बौद्धमा आयोजना गरेको ‘पर्यटक प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायसँगको अन्तक्र्रिया’मा वोल्दै प्रहरी प्रमुख सुवेदीले पछिल्लो समय सिसी टिभी अपराध न्युनिकरणमा महत्वपुर्ण भुमिका रहेको पाईएको बताएका हुन् । उनले राजधानीको मुख्य नाका देखि चोक गल्लीहरुमा सिसी टिभी जडान गरिए अपराधमा कमि हुने बताए ।

पर्यटन प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले सामुदायिक साझेदारी अवधारणा मार्फत , पर्यटक सुरक्षा महत्त्वपुर्ण र जटिल बिषय भएकाे हुदा छिटैनै पर्यटक एफ्स सञ्चालन गरिन लागेकाे बताए ।

कार्यक्रममा बौद्धनाथ क्षेत्रविकास समितिका कार्यकारी निर्देशक बसन्त लामा,ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का महासचिव आङ पेम्बा शेर्पाले काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दिपेन्द्र लामा लगायतले बाैद्वकाे पर्यटकीय हिसावले महत्त्वपूर्ण स्थान रहेकाे चर्चा गर्दै पर्यटक प्रहरीले पछिल्लाे समय पर्यटकहरूलाई पुर्याएकाे सेवाकाे प्रसंसा गरेका थिए ।