१८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सन्तोषकुमार दाहालको सरुवा गरिएको छ । बसपार्कमा कार्यरत मोहनविक्रम केसीलाई सामाखुसीस्थित पहरागणमा सरुवा गरिएको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरिबहादुर बस्नेतको सरुवा भएको छ । पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्रबहादुर बमको सरुवा भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्रबहादुर रोकायालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ । कल्याण महाशाखामा इन्स्पेक्टर  बासुदेव नेपाललाई ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।