अपडेट: फरार थुनुवाका दुई श्रीमती सहित ग्रील काट्न हेक्सो ब्लेड दिने माथी अनुसन्धान

काठमाडौं । ललितपुर स्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट गए राती तीन जना थुनुवा फरार भएपछि उनीहरुलाई सहयोग गरेको आशंकामा तिन जनालाई अनुसन्धान गरिएको छ ।
तिन मध्ये दुई फरार थुनुवाका श्रीमती सहित ग्रील काट्न हेक्सो ब्लेड दिनेलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । उनहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । थप अनुसन्धानका लागि अपराध महाशाखाबाट २५ प्रहरी खटिएका छन् ।
गए राति प्रहरी प्रभाग भैंसेपाटीबाट थुनामा रहेका रविन तिमिल्सेना, सम्शेर माझी र रुद्रलाल श्रेष्ठ थुनुवा कक्षको ग्रील तोडेर फरार भएका थिए।