मृतकका परिवारलाई ३ लाख दिने : मुख्य सचिव सुवेदी

२९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतक परिवारलाई रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको उद्योग, २ नम्बर प्रदेशकाे मुख्य सचिव दिपक सुवेदीले  बताए ।

उनका अनुसार प्रत्येक जिल्लामा रहेको राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल, खाना लगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई उद्वार कार्य र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह गरेको छ ।