महानगरीय प्रहरी बृत्त थानकोटद्वारा लागुऔषध सहित दुई जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले लागुऔषिध सहित दुई जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिकाका फरक फरक स्थानबाट विशेष सुचनाको आधारमा बृत्तले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले चन्द्रागिरी नगरपालिकाका वडा नं.६ हाईभिजनस्थित सडक खण्डबाट जिल्ला काठमाण्डौँ चन्द्रागिरी न.पा ७ थानकोट घर हुने वर्ष २३ को विवेक रिजाललाई लागुऔषध नाईट्राभेट सहित पक्राउ परेको बताए । उनको साथबाट लागु औषध १६५ ट्यावलेट नाईट्राभेट फेला परेको छ ।

त्यस्तै का.जि चन्द्रागिरी न.पा वडा नं.१४ ढुंगेअड्डास्थित सडक खण्डमा जिल्ला कैलाली धनगढी उ.म.न.पा वडा नं. १९ घर हुुने वर्ष २७ को विजय भट्टराईलाई लागु औषध १७५ ट्यावलेट नाईट्राभेट फेला परेको बताए ।

रिजाल र भट्टराईलाईलाई पक्राउ गरि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईएको थानकोट प्रहरीले बताएको छ ।