दोर्दीखोलामा आएको बाढीले बगाउँदा ३जनाकाे मृत्यु

जिल्लाकाे लमजुङ स्थिति लमजुङकाे दोर्दी खोलामा आएको बाढीले बगाउँदा ३ जनाकाे मृत्यु भएकाे छ ।

दुर्दी गाउँ पालिका ६  दोर्दी खोलामा आएको बाढीले बगाउँदा ३ जनाकाे मृत्य हाे । अविरल बर्षाकाे कारण दुर्दी खाेलामा अाएकाे बाढीका कारण ३ जनाकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्र मान गुरूङले पुष्टि गरे ।

जिल्लामा रहेकाे अपर दोर्दी “ए”हाईड्राेपावरमा काम गर्ने व्यत्तिहरू हुन सक्ने प्रहरीले बताएकाे छ । मृत्यु हुनेकाे सनाखत हुन बाकी रहेकाे डिएसपी गुरूङले बताए । पावर हाउसकाे सामाग्री समेत खाेलाले बगाएकाे स्थानीयहरूले बताएका छन् ।
सिडियाे र जिल्ला प्रहरी कार्यालय लमजुङकाे टाेली भखरै घटना स्थल पुगेकाे छ । घटनाकाे थप विवरण अाउन बाकी छ ।