बारा र पर्सामा भीषण हावाहुरी बिस भन्दा बढी शव भेटियो

बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २२ जनाको मृत्यू भएको छ, भने सयौ संख्यामा घाइते भएका छन् ।
बारामा २१ जना र पर्सामा १ जना गरेर २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्ममा घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले जानकारी दिएका छ्न् | घाइतेहरुले नारायणी अस्पताल भरिएको छ ।
अहिलेसम्ममा धनजनको के–कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी भने आइनसकेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई एमबुलेन्स, ई–रिक्सा, मोटरसाइकल लगाएतले उद्धार गरिरहेको जानकारी गराइएको छ ।
हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उद्यारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।