थानकोट प्रहरी बृत्त भवन उद्घाटनदेखि तोडफोडसम्म : जेन–जेड आन्दोलनको चपेटामा

४ असाेज,काठमाडौं । उपत्यकाको प्रवेशद्वार मानिने थानकोट चेकपोष्टस्थित प्रहरी बृत्तको अत्याधुनिक र सुविधा सम्पन्न भवन भदौ १६ गते मात्रै भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । करिब ७ करोड ७१ लाख रुपैयाँ लागतमा बनेको सो भवनलाई प्रहरी नायब महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले उद्घाटन गरेका थिए ।
भवनलाई उपत्यकाको शान्ति सुरक्षामा नयाँ माइलस्टोनका रूपमा लिइएको थियो । उद्घाटन समारोहमा सरकारी तथा स्थानीय निकायका प्रमुख, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । त्यसबेला भवनलाई अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र चन्द्रागिरि क्षेत्रमा बढ्दो चापलाई सामना गर्ने एउटा सक्षम संरचना भनेर व्याख्या गरिएको थियो …