जनप्रदशर्न र नारावाजी हुन थालेपछि भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा

२ भदौ, चितवन । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

लाखाै सख्यामा समर्थक वाट प्रदर्शन र विराेध जुलुस हुन थाले पछि भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।

निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् ।

चितवन प्रहरीले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

उनको मृत्यु रहस्मय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ ।

पत्रकार लामिछाने, दिपक कडेल र अस्मिता कार्कीमाथी
जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थाले पछि समर्थकहरूले अान्दोलन गरिरहेका छन ।

अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।

जनदबाब र विराेध हुन थाले पछि चितवनमा प्रहरीकाे संख्या बढाईएकाे छ ।