एम्बुलेन्स मर्मत गर्दा बालाजु औद्योगिक क्षेत्रमा आगलागी

५ भदौ, काठमाडौं । एम्बुलेन्स मर्मत गर्दा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी बालनरसिंह राणाकाका अनुसार आगलागीबाट एम्बुलेन्स सहित ५ वटा गाडी जलेको बताए । अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ राणाले बताए ।

डिएसपी राणाका अनुसार विहान करिब ११ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजेर २५ मिनेटमा दमकलको सहायतामा नियन्त्रणमा लिइएको बलाजु प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सैनिकको एउटा दमकलको सहयोगमा आगो निभाइएको बालाजु प्रहरीले जनाएको छ ।