• ट्रेण्डिङ :

चार थान पेस्तोल र सुनसहित ३ पक्राउ

चार थान पेस्तोल र सुनसहित ३ पक्राउ

cnewsnepal

बिहिबार, भाद्र १९ २०७६
पढ्न लाग्ने समय: < २ मिनेट


चार थान पेस्तोल र सुनसहित ३ पक्राउ

कैलाली, १९ भदाै । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट चार थान पेस्तोल र सुनसहित पक्राउ गरेको तीन जनाको नाम खुलेको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका– ६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर- ३ का रुद्रप्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात लगायतका सामाग्री बरामद गरेको छ।

काे हुन् राना ?

डोटी केआईसिंह गाउँपालिका राना गाउँका सन्जय राणा भनिने सन्जय रानाको केही बर्ष अगाडी धनगढीको मट्यारीमै सामान्य घर थियो। उनको पारिवारिक अवस्था सामान्य नै थियो। एकाएक उनले मट्यारीमै आलिसान घर बनाए, कारमा हिड्न थाले, ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले।

देखिने गरि कुनै पनि कारोवारमा संग्लन नभएपनि उनको जिवनशैली एकाएक फेरियो, एकाएक धन सम्पत्ती जोडेपछि छिमेकमा चर्चाको विषय बन्ने गरेको थियो। छिमेकीले सोध्दा जग्गाको कारोवार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे। तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको श्रोतले जनाएको छ।

अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएको बुझिएको छ। उनले राणाबाट राना बन्नको कारण पनि अवैध हातहतियारको कारोवारकै लागि भएको बुझिएको छ। भारतका रानाहरुको नजिक बन्नका लागि नै उनले राना लेखाउन थालेको श्रोतले बतायो।

यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए। उनले यो बिचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए भने द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शिर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको श्रोतले बतायो।

श्रोत भन्छ, ‘उनी यो क्षेत्रै ठूलो जग्गा दलाल समेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए।’ नक्कली कागजात बनाएर पनि उनले जग्गाको कारोबार गर्दै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार