मन्त्रिपरिषद् बैठकको निर्णय राहात र उद्धारमा लाग्न गृहलाई निर्देशन

फाईल फोटो

काठमाडौं– १८ चैत्र
सरकारले बारा र पर्सामा भएको जनधनको उद्धार राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालय दिने निर्णय गरेको छ ।
सोमबार सांझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विपत प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृहमन्त्रालयलाई दिने निर्णय गरेको हो ।
दुखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, नीजी क्षेत्र , सामाजिक तथा गैरसरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गर्न गृहलाई निर्देशन सहित काम थालनी गर्न जनाईएको छ ।
सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले घाईतेहरुको उपचारमा कुनै कमि कमजोरी हुन नदिने, घाईते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय गरेको जानकारी दिए ।

विपत प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पुर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता बाँस्कोटाले वताए ।

बैठकले २७  जनाको मृत्यु भएको  ६ सय १३ जना घाईते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ । त्यसैगरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।