खराव मोसमका कारण सिम्रिक एयर हेलिकोकप्टर बनेपाको खेतमा आकस्मिक अवतरण

काठमाण्डौं ९ असोज  सोलुखुम्बुको लुक्लाबाट बिहीबार बिहान उडेको हेलिकप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण गरेको छ ।
लुक्लावाट काठमाण्डौ आउदै गरेको सिम्रिक एयलायनसको ९ एन ए एड.बि हेलिकोकप्टर खराव मोसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।

लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको ९ एन ए एड.बि हेलिकोकप्टर बनेपामा सुरक्षित अवतरण गरेको बनेपावाट सञ्चारकर्मि रोजन तामाङले बताए ।

भिजिबिलिटि निकै कम भए पछि क्यापटेन वियय खड्काले केहि छिन सुरक्षित स्थानमा राखिएको र मोसममा सुधार आए पछि काठमाण्डौ फर्कने क्यापटेन विजय खड्काले उद्धित गर्दे सञ्चाकर्मि तामाङले जानकारी दिए ।