२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।
चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् ।
राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका स्वागत गरेका थिए । राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी पुगेका थिए ।