काठमाण्डौं १४ कार्तिक हेलम्वुवाट काठमाण्डौ आउदै गरेको बस दुर्घटना भएको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्वु गाउँपालिका गोल्फुवाट काठमाण्डौ नारायणथान आउदै गरेको बा ५ ख ५०७० नम्वरको यात्रुवाहक बस काठमाडौ जिल्ला संखरापुर नगरपालिका जरसिह पौवा दुर्घटनामा परेको हो ।
आमा हेलम्वु यातायतको वसमा ५० जना सवार थिए । दुर्घटनामा परि ३ जनाको मुत्यु भएको वताईएको छ ।
मुत्यु हुनेको सनाखत भएको छैन ।
दुर्घटनामा परि घाईतेको उपचारका लागि २ जनालाइ टिचिङ्ग अस्पताल महारागञ्ज १५ जना शुष्मा कोइराला हस्पिटल सलम्बुटार र १५ जना लाइफ केयर अस्पताल साखु लगिएको छ ।