तरुण दलका नेता सहित ६ जना पेस्तोल सहित पक्राउ

१५ कार्तिक काठमाडौं । प्रहरीले कांग्रेसको युवा संगठन तरुण दलका एक नेतासहित ६ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ
नेपालगन्ज उपमहानगरपािलकाका नगर सभापति संदिपजंग शाह सहित ६ जनालाई पेस्तोल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई गएराती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार, पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को तरुण दलका नगर सभापति शाह, दिनेश शाही, राघब शाह सानु, माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।