अर्घाखाँची नरपानीमा कार दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हाे ।

बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान अहिले पहिचान हुन सकेको छैन।

घाइतेलाई उपचारका लाति प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए। त्यस्तै दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन्।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो। घटनास्थलमा स्थानिय र प्रहरीले उद्धार गरिरहेका छन्।