भूकम्पले सुदुरपश्चिम देखि भारत सम्म हलायो

सुदूरपश्चिम प्रदेशको बझाङ केन्दबिन्दू बनाएर मंगलबार साँझ भूकम्प गएको छ।

क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको पौवागढी केन्द्रबिन्दू भएर मंगलबार बेलुका ७ः१५ मा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।

क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको छ। यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।