धुलिखेलनगरपालिका २ नं वडामा नेकपा बिजयी

काभ्रे १४ मंसिर  रिक्त रहेको वडा अध्यक्ष पदको लागि धुलिखेल नगरपालिका वडा नं. २ रविओपीमा आज भएको उपनिर्वाचनमा नेकपाका देवप्रसाद कोईराला बिजयी भएका छन्।

उनले कुल खसेको मत १५ सय २ मा ८ सय ६७ मत प्राप्त गरेर बिजयी भएको हो । नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५ सय ८२ मत प्राप्त गरेको छ भने राप्रपा संयुक्तबाट बासुदेव थापाले ६ र राजपा नेपालबाट कृष्णबहादुर तामाङले १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

कुल खसेको मतमा ३२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।