इलाका प्रहरी कार्यालय महेषपुर पतारको हिरासतबाटै सवै थुनुवा फरार

सिराहाको इलाका प्रहरी कार्यालय महेषपुर पतारको हिरासतबाटै थुनुवा भागेका छन् ।

हिरासत कक्ष नै खाली हुने गरेर थुनुवा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरिक्षकले कमाण्ड गर्दै आएको इलाका प्रहरी कार्यालयबाट ८ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवा भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले भगुवा थुनुवाहरुको जिल्लाका मुख्य नाकाहरु सिल गरेर खोजी गरिरहेको छ ।