रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
नेकपालाई पराजित गर्दै श्रेष्ठले ७७१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले ५९६ मत प्राप्त गरेका छन् ।
यसैगरी समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाएको छ । नेकपा उम्मेद्वार जवार मियाले हार स्वीकार गर्दै विजयी श्रेष्ठलाई बधाई समेत दिएका छन् ।