मेट्राेमा विश्वराज पाेखरेल

तस्विर ; केन्द्रीय प्रहरी समाचार कक्ष

काठमाडौँ । प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ ।

उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

एसएसपीबाट डीआईजीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए । प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।

यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए । अब फेरि थापा प्रवक्ताको भूमिकामा हुने बताइएको छ।