ईमान्दारीता बोकेको, जनभावना अनुरूपमा कार्य गर्ने सिपाहीलाई पनि सलाम गर्छु : डिआईजी पोखरेल

तस्विर ; केन्द्रीय प्रहरी समाचार कक्ष
काठमाडौं, ८ पुस : महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार विहान आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई निर्देशन निर्देशन  दिएका छन् ।
उक्त अबसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा नेपाल प्रहरीको अग्रणी भूमिका रहने हुँदा सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिए ।
सोम्बोधनकै क्रममा पोखरेल भने “ म उच्च व्यावसायिक क्षमता र ईमान्दारीता बोकेको, जनभावना अनुरूपमा कार्य गर्ने सिपाहीलाई पनी सलाम गर्छु सम्मान गर्छु तर काँधभरी फुली लगाएर जनताको आशाभरोसा भएर पनी लोभ-लाभ र कमजोर, तुच्छ व्यावसायिकता बोकेका नालायकहरु स्वीकार्य छैनन् ।
निर्देशन दिदै पोखरेले “हामी हरपल Public, सरकार र संगठनको audit मा हुन्छौं । म  मेट्राे अन्तर्गत कार्यरत १० औं हजारौं प्रहरीको आँखामा छु, तपाई दशौं हजार मेरो प्रत्यक्ष audit मा हुनुहुन्छ । तपाईहरुको आँखाले म कहीँ कुनै लोभ-लाभमा परेको देखे औंल्याउनुस तपाईहरुलाई नै Salute गरी बिदा हुन्छु, यो संगठनमा दाग लगाई बसिरहन्न । तर यदी तपाईहरुले गरेको कमीकमजोरी मैले भेटें भने म कुनैपनि हालतमा छाड्दिन । यो हाम्रो Uniform कुनै व्यक्ति विशेष र पदिय विशेषकोमात्र नसम्झनु,यो साझा सम्पति हो ।
यसमा लागेको दागले ७९ हजार प्रहरी कर्मचारीहरुको शिर झुक्दछ, संगठनको शिर झुक्दछ । तपाई आफ्नो मूल्यांकन जनताको सेवा प्रवाहको क्रममा जनताबाटै खोज्नुहोस । तपाईको कामकारवाहीका बारेमा Public Comments हेर्नुहोस्, सुन्नुहोस तपाईले आफूलाई ऐनामा जस्तै छर्लङगै देख्नसक्नुहुनेछ । Public ले तपाईले राम्रो काम गर्दाको टिक्का टिप्पणी पनि हेर्नुहोस तपाईको समर्थन अनि बचाउमा कयौं सकारात्मक Comments हरु हुन्छन नै” ।
अहिलेको Policing लाई Past Policing संग तुलना गरेर यथास्थितिमा रमाउने कार्य नगर्नुहोला भन्दै प्रबिधिको परिधि फराकिलो भए सँगै प्रबिधिको अनाधिकृत प्रयोग बढिरहेकाले पहिलाको भन्दा सक्रिय र चलाख भएर डिउटी गर्न निर्देशन दिए ।
प्रहरी कर्मचारीहरूको बारेमा सामाजिक संजालमा आएका टिका टिप्पणी, जनअपेक्षानै ऐना भएकाले त्यसले आफ्नो वास्तविकतालाई देखाउने हुनाले हरेक कर्मचारीहरूले आफुमा रहेको कमजोरीलाई सुधार्दै आफ्ना मातहतका कर्मचारीहरूको व्यवसायिकता र आचरणलाई पनि सुधार्नु कमाण्डरको प्रमुख भुमीका रहेको बतााए ।
निर्देशनकै क्रममा पोखरेलले आफु महानगरीय प्रहरी कार्यालयको प्रमुख भएर आए देखिनै Excuse भन्ने शब्द Personal शब्दकोशबाट हटाएकाले कोही कसैसंग मोलहीजा गरि कानून कार्यान्वयनमा उदासिनता देखाई व्यक्तिगत स्वार्थमा लागेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई Excuse नहुने कारवाही गर्ने बताए
समाजमा शान्ती सुरक्षा कायम गरी अपराधको अनुसन्धान गर्ने क्रममा कसैको पनी अनुहार नहेरी जो कोही भएपनी कानून अनुसार सबैलाई कारवाही गर्न निर्देशन दिए ।