२०२० का लागि जेसिजकाे राष्ट्रिय अध्यक्षका लागि त्रिपक्षिय भिडन्त

काठमाडौं ८ पुस  : नेपाल जेसीसको महाकुभ अर्थात ४६औं राष्ट्रिय महाधिवशेन बुधबारबाट चितवनको रत्ननगरमा सुरु हुँदैछ ।

४६औं राष्टिय महाधिवशेनबाट २०२० का लागि नयाँ नेतृत्व पाउनेछ नेपाल जेसिजले । युवाहरूकाे नेतृत्व दायी संस्थामा २०२० का लागि नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ।

राष्ट्रिय अध्यक्षका लागि बीसहजार जेसीजका पूर्वअध्यक्ष
अरुणेश्वर खनाल,काभ्रे जेसीजका पूर्वअध्यक्ष विकास मानन्धर र पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंखर प्रतिस्पर्धामा छन् ।

निर्वाचन अगाडी जेसिसमा उम्मेदवारहरुलाई प्रशिक्षण दिने प्रचलन पनि छ । सोही अनुसार, वाककला , नेतृत्व, ब्यक्तित्व लगायतका बिषयमा प्रशिक्षण दिइने गरिन्छ । यो प्रशिक्षणमा सहभागी नहुनेले उम्मेदवार वन्न नपाउने विद्यान जेसिसको छ ।

यस अगाडी अध्यक्षका लागि शंखर, खनाल र मानन्धरका अतिरिक्त विनोद सुवेदीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर सुवेदी प्रशिक्षणमा सहभागी नभएका कारण उनको उम्मेदवारी खारेज भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवारहरु चुनावी परिणाम आफनो पोल्टामा पार्नका लागि आन्तरिक रणनीति गृहकार्य गरिरहेका छन् ।

त्यस्तै, जेसिसको कार्यकारिणी उपाध्यक्षमा यसपटक जेसी सुमृता शर्मा , श्रीराम पाैडेल,रूकमणी सिग्देल र शोभा खरेल लगायतले उम्मेदवारी दिएका छन् ।

जेसीज सदस्यहरूको नेतृत्व एवं व्यक्तित्व विकासको लागि नेतृत्व विकास कार्यशाला, तालिम एवं सामाजिक सेवामार्फत निरन्तर सदस्यहरूका माझ रहन रूचाउने सुमृतालाई पाटन लेडी जेसीजले अगाडी बढाएको हो ।

जेसिसको विधान अनुसार प्रत्येक वर्ष अधिवशेनमार्फत यसको नयाँ नेतृत्व चयन हुन्छ ।एउटै व्यक्तिले एकै पदमा दोहोरिन नपाउने विधानमा व्यवस्था छ।