भिजिट नेपाल २०२० मा दहचोक (फोटो फिचर )

काठमाण्डौ पौस १६ नेपाल भ्रमण वर्ष सन् २०२० प्रारम्भ भएको खुशीयालीमा दहचोक स्थित ईन्द्रदह काजी कालुपाण्डे समाधिस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

स्वदेश कै भ्रमण गरौ आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्याऔं भने नाराका साथ चन्द्रागिरि नगरपालिका बडा नम्वर १ को कार्यालय र प्रदेश नम्वर ३ अन्तर्गत काठमाण्डौ क्षेत्र नम्वर ९ को आयोजना र लाफा गु्रपको प्रायोजनमा नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत कार्यक्रमको आयोजना गरिएको हो ।

संघीय ससंसद कृष्ण गोपाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दे देशको आन्तरिक पर्यटन प्रर्वधनमा सवैले आआफ्नो क्षेत्रवाट सहयोग पुयाई देशको पर्यटन विकासमा योग्दान दिनु पर्ने बताए । सांसद श्रेष्ठले पर्यटनकै माध्यमवाट देशका आर्थिक,सास्कृतिक र पहिचानको विकास सम्भव हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटककाहरु ल्याउन आवश्यक रहेको औल्याए । उनले भने, ‘‘हामीले यहाँका कला सस्कृति,पहिचान,एतिहासिक विषयवस्तु, मठमन्द्रिर र धार्मिक पर्यटनको प्रचारप्रसार गर्न सकियो भने मात्र पर्यटन प्रर्वधनमा सोचेअनुरुपको सफलता प्राप्त गर्न सक्छौ । ”

कार्यक्रममा बोल्दै कार्यक्रममा ईन्द्रदह एकिकृत पर्यटन बिकास समतिका अध्यक्ष हरिशरण थापाले दहचोक प्राकृतिक,भौगोलिक र एतिहासीक र सामरिक महत्वको क्षेत्र भएकै कारण काजी कालुपाण्डे समाधी स्थल, पृथ्वीनारायण शाहको गडी, मनकामना मन्द्रिर, १०० पर्यटकीय गन्तव्य मध्यको दहचोक स्थित ईन्द्रदह काजी कालुपाण्डे समाधिस्थल परेकै कारण आन्तिरक तथा बाह्य पर्यटकका लागि महत्वपुर्ण पर्यटकीय स्थल रहेको चर्चा गरे ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमूख घनश्याम गिरीले चन्द्रागिरिको एकिकृत पर्यटन प्रर्वधनमा र पर्यटन क्षेत्रलाई उच्चतम लगानी गरि देशकै घुम्न लायक स्थान बनाउने कार्ययोजना अनुरुपनै काम भईरहेको बताए । उनले पछिल्लो समय चन्द्रागिरि हिल्स,दहचोक, तिनथाना लगायत सवै वडाहरुलाई पर्यटक र्सकिटको रुपमा बनाउने योजना रहेको उनको भनाई थियो ।

कार्यक्रममा चन्द्रागिरि वडा नम्वर १ का अध्यक्ष राजेन्द्र केसीले दहचोकको पर्यटन विकासमा आफु केन्द्रित भएको बताउदै हरेक वर्ष नयाँ नयाँ परिर्वनत र विकास हुदै गएको बताए । उनले यसै वर्ष मनकामना मन्द्रिरको जिर्नोद्धार, ५ तले भ्यु टावर, पाटी सतल निमार्ण , लगायत कार्य भईसकेको जानकारी दिए ।

चन्द्रागिरिका नगर प्रर्बक्ता हरि भक्त महर्जनले हाम्रो चन्द्रागिरि राम्रो चन्द्रागिरि बनाउने अभियानलाई सवै क्षेत्रका ब्यक्तिहरुको आआफ्नो क्षेत्रवाट साथ र सहयोग गरे मात्र सम्भव रहने चर्चा गरे ।

चन्द्रागिरिका नगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष उत्तम वहादुर राउतले चन्द्रागिरि नगरपालिकालाई पर्यटनको विकासमा लम्काउन यहिको साँस्कृतिक र पुरातात्विक सम्पदाहरुको संरक्षण,कला सँस्कृतिको प्रर्वधन,जात्र मौलिक,भेषभुषा, नाचगान जोगाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चन्द्रागिरि वडा नम्वर १ का सभापति जिवनकुमार गिरीले तत्कालिन प्रधान मन्त्री गिरीजा प्रसाद कोईरालाले भ्रमण वर्ष १९९८ मा दहचोकको पर्यटन विकासमा पुयाएको महत्वपुर्ण योग्दान कसैले भुल्ननहुने धारणा राखेका थिए ।