बलम्वु प्रहरी भन्छ, अपराधीहरुको दिन गन्ती सुरु भयो

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्वुले घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ ।अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने सुचनाको आधारमा बलम्वुवाट गएको टोलीले चन्द्रागिरिका भट्टिहरुमा वेच्च राखेको मदिर वरामद गरि नष्ट गरेको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमूख प्रहरी निरीक्षक खेमराज रावतले अवैध अखाद्य मदिरा नियन्त्रण गर्ने योजना अनुरुप १५० लिटर मदिरा बरामद गरि नष्ट गरिएको बताए ।

आज भएको स्थानियहरु समाज सेवी संगको अन्तरकृयामा बोल्दै उनले भने,‘‘ कसैले गैरकानुनी कृयाकलाप गर्छ भने प्रहरी कुनै पनि हालतमा चुप लागेर बस्दैन उनीहरुलाई कानुनी कठघरमा ल्याउछौ ल्याउछौ त्यो हाम्रो प्रण हो ।”बलम्वु प्रहरीले चोरी,डकैती,लागुऔषध लगायत अपराधी गतिविधि विरुद्ध विषेश अप्रेसन चलाउँदै आएको छ ।