शासन व्यक्तिको हाेईन विधि हुनु पर्छ भने मान्यता स्थापित अन्तत : एसपी दानबहादुर मल्लले बुझे रमाना

१८ पुस, काठमाडौं । सत्ता र शक्तिकाे अाडमा शक्तिकाे दुरुपयोग कानुन सम्वत तथा विधि संम्वत हुन जादैन प्रहरीकाे चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् ।

राजनीतिक आडमा चितवन वाट हट्न नमानेका मल्ल अन्तत प्रदेश प्रहरी कार्यालय हेटौंडाकाे १२ घण्टे अल्टिमेटम पछि बाध्य भएर रमना वुझेका हुन् ।शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएको प्रहरी स्राेतले जनकारी दियाे ।

मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।

मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ भएकै कारण डिएसपी हुदा दरवार मार्गमा ईन्चार्ज र एसपीमा वढुवा हुना साथ चितवन जिल्ला प्रमुख बनेका थिए ।